महायज्ञको उद्घाटन गर्न गहनानक्षेत्र जाँदै सभापति देउवा

महायज्ञको उद्घाटन गर्न गहनानक्षेत्र जाँदै सभापति देउवा
सुन्नुहोस्

डडेल्धुरा : डोटी डडेल्धुराको संगम स्थल तथा धार्मिक क्षेत्र गहनान क्षेत्रमा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउने भएका छन्।  

आइतवारदेखि आयोजना हुन लागेको महायज्ञको उद्घाटनका लागि पूर्वप्रधानमन्त्री देउवा गहनानक्षेत्रमा पुग्ने भएका हुन्। 

पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आइतवार देखि आयोजना गरिएको श्रीमद देवी भागवत महापुराण ज्ञान धन धन्यान्चल हवन महायज्ञको उद्घाटनका लागि गहनान क्षेत्र पुग्न लागेका हुन्। 

पूर्वप्रधानमन्त्री देउवा महायज्ञमा सहभागी भइ पूजाआजा गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस डडेलधुराका सचिव शेरबहादुर भण्डारीले जानकारी दिएका छन्।

उनका अनुसार पूर्व प्रधानमन्त्री देउवासँगै पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य वीरवहादुर बलायर पनि उक्त कार्यक्रममा सहभागी हुनेछन्। 

सचिव भण्डारीका अनुसार अहिले बिहान ९:३० बजे देउवा र बलायर काठमाडौंबाट आउने र करिव ११ बजे महायज्ञ स्थलमा पुग्ने कार्यक्रम तय  भए पनि प्लेन डिले भएकोले उद्घाटनमा ढिलाइ हुने जनाइएको छ।

पूर्व प्रधानमन्त्री देउवा आउने कार्यक्रम तय भएसँगै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरू समेत महायज्ञ स्थलमा पुग्ने क्रम बढेको छ।

महायज्ञ अवधिभर विभिन्न धार्मिक कार्यक्रम तथा प्रवचनको कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ। डडेलधुराको गन्यापधुरा, नवदुर्गा, डोटीको शिखर नगरपालिका महायज्ञको मुख्य संरक्षकको भूमिकामा रहेका छन्।

डोटीको शिखर नगरपालिका वडा नं १० स्थित पवित्र तीर्थस्थल गहनान त्रिवेणी धाममा श्रीमद देवी भागवत महापुराण ज्ञान धन धन्यान्चल हवन महायज्ञको आज सुभारम्भ भै यही चैत्र २५ गते समापन गरिने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष ललित बलायरले बताए।

डोटी र डडेल्धुराको सिमाना सेती नदि र शाकल्य नदिको संगमस्थल शाकल्य ऋषिले तपस्या गरि ज्ञान आर्जन गरेको पवित्र ऐतिहासिक भूमि मानिन्छ। यो क्षेत्र पौराणिक कालमा ५ पाण्डवहरूले ध्यान तपस्या गरेको पवित्रस्थलका रूपमा रहेको विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.