रविन्द्र मिश्र र धवल शमशेरलाई थप अनुसन्धान गर्न ५ दिनको म्याद थप
काठमाडौं : जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवल शमशेर राणासहित पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको छ।
प्रहरीले राज्यविरुद्धको अपराधमा अनुसन्धान गर्न आइतबार उनीहरूलाई अदालतमा उपस्थित गराएको थियो। सोही अनुसार उनीहरूलाई थप अनुसन्धानको लागि ५ दिनको म्याद थप गरिएको हो।
चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनमा दुई जनाको ज्यान जानुको साथै थुप्रै निजी सम्पत्तिमा क्षति पुर्याइएको थियो। प्रदर्शनकारीले मिडिया लक्षित आक्रमणसमेत गरेको थियो।
प्रतिक्रिया दिनुहोस !