एमालेले भन्यो- राजावादीले उद्दण्डता देखाए, पश्चगमनका दुष्प्रयासविरूद्ध गोलबन्द होऔं

एमालेले भन्यो- राजावादीले उद्दण्डता देखाए, पश्चगमनका दुष्प्रयासविरूद्ध गोलबन्द होऔं
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : सत्तारुढ दल नेकपा एमालेले पश्चगमनका दुष्प्रयासविरूद्ध गोलबन्द हुन आह्वान गरेको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प पनि गरेको छ। 

एमाले बैठकले सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा उभिन आह्वानसमेत गरेको छ। राजावादीका नाममा काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटीलगायतका क्षेत्रमा अपराधिक समूहले देखाएको उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई एमालेले निन्दा र भर्त्सना पनि गरेको छ। 

'शान्तिपूर्ण प्रदर्शनका नाममा सवारी साधनको प्रयोग गरी सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतङ्क सिर्जना गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने जस्ता अराजक र आपराधिक क्रियाकलापको छानबिन गरी दोषीउपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकषर्ण गर्दछ,' एमालेले विज्ञप्ति जारी गर्दै भनेको छ।

त्यस्तै एमालेले संसदमा भइरहेको अवरोधप्रति पनि ध्यानाकर्षण जनाएको छ। 'प्रतिनिधिसभा र राष्ट्रियसभाको अवरोधका कारणले प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यवधान सिर्जना भइरहेको प्रति बैठकको ध्यानाकर्षण भएको छ। संविधान र कानुनको व्यवस्थाअनुरूपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउनका लागि प्रतिपक्षी दलहरूलाई अनुरोध गर्दछ। सरकारी विधेयकलाई संविधान र कानुनको व्यवस्थाअनुरूप सम्पादन गर्ने कर्तव्यतर्फ राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुखको ध्यानाकर्षण समेत गर्दछ,' विज्ञप्तिमा भनिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.