राष्ट्रियसभाबाट पाँच वटा प्रतिस्थापन विधेयक पारित
काठमाडौं : राष्ट्रियसभाबाट विभिन्न पाँच वटा प्रतिस्थापन विधेयक बहुमतले पारित भएको छ।
सोमबार बसेको राष्ट्रियसभा बैठकले सरकारले जारी गरेको अध्यादेशसँग सम्बन्धित विभिन्न पाँच वटा प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको हो। बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक पारित गरेको हो।
त्यस्तै ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ समेत पारित भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे। राष्ट्रियसभाको अर्को बैठक चैत २५ गते सोमबार बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस !