अमेरिकाले निष्कासन गरेका थप एक भुटानी शरणार्थी पक्राउ

अमेरिकाले निष्कासन गरेका थप एक भुटानी शरणार्थी पक्राउ
सुन्नुहोस्

झापा : अमेरिकाले निष्कासन गरेका थप एक जना भुटानी शरणार्थी पक्राउ परेका छन्। अमेरिकाले डिपोर्ट गरी भुटान पठाएको र भुटान लखेटेर नेपाल प्रवेश गर्न लागेका ३० वर्षीय अशोक गुरुङ रहेको प्रहरीले जनाएको छ। उनी पूर्व शरणार्थी पनि हुन्। 

सशस्त्र प्रहरीले गएराति ७:५० बजे मेचीनगर नगरपालिका –४ स्थित मिलनटुङ्ग सीमा नाकामा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका गुरुङलाई नियन्त्रणमा लिएका थिए। चेकजाँच गर्दा उनीसँग परिचय खुल्ने कुनैपनि कागजात थिएन। अमेरिकाबाट फिर्ता भएर आएको भुटानी नागरिक बताउने गुरुङलाई राती ९ बजे सशस्त्रले इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई जिम्मा लगाइदिएको छ। 

यसअघि अमेरिकाले डिपोर्ट गरी झापा छरेका तीन जना पूर्व शरणार्थी पक्राउ परेका थिए। प्रहरीले शनिबार दमक ३ बेलडाँगी शिविरबाट ३६ वर्षीय आशिष् सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूलाई अनुसन्धानका लागि अध्यागमन कार्यालय काँकडभिट्टालाई जिम्मा लगाएपनि उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ। 

अमेरिकाबाट निष्काशित भएर भुटान फर्केका १० जना पूर्व शरणार्थीहरूलाई भुटान सरकारले आफ्नो देशमा बस्न नदिई भारतबाट नेपालतिरै लखेटेको थियो। चार जना पक्राउ परिसकेकोमा अन्य ६ जना भारतको सीमावर्ती बजार पानीट्यांकीमा आएर बसेको हुनसक्ने आशङ्का प्रहरीको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.