हङकङबाट आएको पार्सल भन्सारमै अलपत्र

६० दिनमा नलिए डिसप्याच हुने

हङकङबाट आएको पार्सल भन्सारमै अलपत्र
सुन्नुहोस्

हङकङ : हङकङबाट नेपाल पार्सल (कोसेली) पठाएको महिना दिन हुन लाग्दासमेत पुगेको छैन । सामान्य समयमा ३ देखि ७ दिनसम्म नेपालको जुनसुकै ठाउँमा पुग्ने पार्सल अचानक बन्द हुँदा सेवाग्राही अचम्मित छन् । 
उनीहरूले विदेश जाने आफन्तलाई पठाएको मायाको चिनो, पाठ्यसामग्री, खानेकुरा अत्यावश्यक सामग्रीहरू समयमा नपुग्दा यसको कारण खोजिरहेका छन् । 

नजिकका कार्गो, कुरियरसँग सम्पर्क गर्दा नेपालको भन्सारमा सामान रोकिएको जानकारी पाएका सेवाग्राहीलाई सामान किन रोकियो ? थाहा छैन । 

एक सेवाग्राही भन्छिन्, ‘मेहनत गरेर आफ्ना नानीहरूलाई कपडा र खानेकुरा पठाएको महिनौं भयो, खानेकुरा त बिग्रिसक्यो होला, अझै पाउने आशा छैन ।’ 

कार्गो कुरियरका लागि चर्चित एजी एक्सप्रेसका निर्देशक तुलसी उप्रेती भन्छन्, ‘भन्सारको हाकिमको हठका कारण बिदेसिएका नेपालीहरूले आफन्तलाई पठाएको सामानहरूको बिचल्ली भएको छ । कुनै कम्पनी वा व्यक्तिले गरेको गलत काममा आधारित भएर हामी व्यावसायिक रूपमा लागिपरेका व्यवसायीलाई अप्ठ्यारो परिरहेको छ । सरकारको स्पष्ट नीति छैन, भन्सारको हाकिम फेरिएसँगै नीति फेरिरहेको छ । कार्गो, कुरियर, ई–कमर्स फरक–फरक विधा हुन् । संसारमा कुरियर र ई—कमर्सले फड्को मार्दा, हामी अझै पनि कार्गोकै नीति र नियममा स्पष्ट हुन सकेका छैनौं । करोडौं लगानी गरेर छिटो, छरितो कुरियरमार्फत संसारलाई नेपालसँग जोड्ने हाम्रो प्रयास हो, तर सरकारी उच्च निकायमा सम्बन्धित विषयको विशेषज्ञ नभएकै कारण यो समस्या आएको हो ।’ 

पछिल्लो समय कार्गो, कुरियरहरूले निजी झिटीगुन्टा भन्दै व्यावसायिक प्रयोजनका सामग्री पठाउने प्रवृत्ति मौलाएका कारण यसको निराकरण गर्न सम्पूर्ण सामग्रीहरू गोदाममै राख्नु परेको छ।

महेश भट्टराई - महानिर्देशक, भन्सार विभाग 

यसकारण भन्सारमा रोकियो पार्सल
नेपालीहरूले दुःखले पठाएको पार्सल भन्सारको गोदाममै किन थन्क्याउनु भएको ? भन्ने प्रश्नमा नेपाल भन्सार विभागका महानिर्देशक महेश भट्टराई भन्छन्, ‘हामी दुःखी छौं कि सामान्य नागरिकका सामान भन्सारमा रोकिएको छ । तर कार्गो, कुरियर सञ्चालक र अन्य खराब नियत भएका मानिसहरूको प्रवृत्तिले गर्दा यो अवस्थाको सिर्जना भएको हो ।’ 

भट्टराई थप्छन्, ‘विदेशबाट नेपाल आएका सामग्रीहरूलाई दुई भागमा विभाजन गरिन्छ, व्यावसायिक प्रयोजनका लागि ल्याइएका सामग्री र निजी झिटीगुन्टा । एकजना मानिसका लागि निजी प्रयोजन भन्दै करिब ७ केजीसम्म आएका सामग्रीमा राजस्व (कर) लाग्दैन । तर, व्यावसायिक प्रयोजनमा आएका सामग्रीहरूको हकमा सामग्रीको मूल्य हेरेर राजस्वको निर्धारण गर्ने गरिन्छ । पछिल्लो समय कार्गो, कुरियरहरूले निजी झिटीगुन्टा भन्दै व्यावसायिक प्रयोजनका सामग्रीहरू पठाउने प्रवृत्ति मौलाएका कारण यसको निराकरण गर्न सम्पूर्ण सामग्रीहरू भन्सारको गोदाममै राख्नु परेको छ । कोही–कोही आफ्नो पार्सल भन्दै आधिकारिक प्रमाण लिएर आउनुहुन्छ, हामीले उहाँको पार्सलको प्रकृति हेरेर राजस्व लिनुपर्ने या नपर्ने निर्क्योल गरेर पार्सल दिइरहेका छौं ।’ 

उनका अनुसार पछिल्लो समय अनलाइन व्यवसाय गर्नेहरूले पनि विभिन्न देशका सामग्रीहरू कुरियरमार्फत झिटीगुन्टी भनेर पठाउने गरेको पाइएको छ, यो सरासर कर छली हो, देख्दा सामान्य देखिए पनि यसको दूरगामी असर देशलाई पर्छ । 
भट्टराई भन्छन्, ‘निजी प्रयोजनका लागि ल्याइएका झिटीगुन्टा केजी र आयतनको आधारमा कार्गो कुरियरले पैसा तिर्ने गर्छन् यो सस्तो हुन्छ, तर व्यावसायिक प्रयोजनका लागि ल्याइएका सामग्रीको मूल्यअनुसारको राजस्व बुझाउनुपर्ने हुन्छ, जुन तुलनात्मक रूपमा महँगो पर्न जान्छ, सोही कारण व्यावसायिक प्रयोजनका सामाग्रीहरूलाई निजी झिटीगुन्टा भनेकै कारण यो समस्या आएको हो ।’ 

अब भन्सारमा थन्किएका हजारौं टन पार्सल के हुन्छ ? भन्ने प्रश्नमा भट्टराई भन्छन्, ‘हामीले हरेक पार्सलको मिति हेरेर ६० दिनको हदम्याद दिन्छौं, त्यो समयसीमामा उहाँहरूले (कार्गो कुरियर अथवा व्यक्ति)ले प्रमाणसहित आफ्नो पार्सल निकाल्नुपर्ने हुन्छ, अन्यथा ६१औं दिनमा हामी डिसप्याच गर्नेछौं ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.