गृहनगरमा श्रद्धाञ्जलीपश्चात् सांसद बोहराको शव काठमाडौं लगियो

गृहनगरमा श्रद्धाञ्जलीपश्चात् सांसद बोहराको शव काठमाडौं लगियो
सुन्नुहोस्

भैरहवा : रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको पार्थीव शरीरलाई उनको गृहनगर भैरहवाबाट पुनः काठमाडौं लगिएको छ। मंगलबार काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा उनको निधन भएपछि श्रद्धाञ्जली अर्पणका लागि उनको पार्थीव शरीर गृहनगर भैरहवा ल्याइएको थियो।

हेलिकोप्टरमार्फत भैरहवा ल्याइएका बोहराको पार्थीव शरीरलाई गौतमबुद्ध विमानस्थलदेखि गल्लामण्डी, मिलनचोक, नारायणस्थान, बर्मेलीटोली, बुद्धचोक, नयाँ सडक, देवकोटाचोक, बैंकरोडलगायतका स्थानमा परिक्रमा गराई सिद्धार्थनगर नगरपालिका-३ स्थित उनको निवासमा श्रद्धाञ्जलीका अर्पण गरिएको थियो।

रुपन्देहीमा भैरहवा-लुम्बिनी भूमिगत जलसिंचाइ (भैलूभूज) परियोजनाको सुरुवात गरेर रुपन्देहीमा विकास ल्याएका बोहराको निधनले अपुरणीय क्षति पुगेका यस क्षेत्रका बासिन्दाहरू बताउँछन्।

बोहरालाई श्रद्धाञ्जली दिन राप्रपाका नेता-कार्यकर्ता, स्थानीय बासिन्दा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टीका प्रदेश र जिल्लास्तरका नेताहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू उनको निवास पुगेका थिए। 

२०३६ सालमा पहिलो पटक राष्ट्रिय पञ्चायत सदस्य भएका बोहरा ०३८ साल असार २ गते पर्यटन सहयाक मन्त्री बनेपछि बस्तीमा सडक, खानेपानी, विद्युत, सिंचाईदेखि शिक्षालगायत क्षेत्रमा काम गरेको उनका राजनीतिक सहकर्मीहरू बताउँछन्।

श्रद्धाञ्जली अर्पण गृहनगरबाट उनको पार्थीव शरीरलाई पुनः काठमाडौं लगिएको छ। बुधबार बिहान काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपश्चात् पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बुझिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.