स्वतन्त्रताका नाममा हुने हिंसा, तोडफोड,आगजनी र लुटपाट निषेध छ :राष्ट्रपति

स्वतन्त्रताका नाममा हुने हिंसा, तोडफोड,आगजनी र लुटपाट निषेध छ :राष्ट्रपति
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले दिएको अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन नमिल्ने बताएका छन्। बुधबार काठमाडौंमा रेडियो नेपालको हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था,मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताए ।

संविधानले दिएको अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कार विर्सन नमिल्ने उनको भनाइ छ ।उनले संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको र संघीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष भएको धारणा राखे।

राष्ट्रपति पौडेलले स्वतन्त्रताका नाममा हुने हिंसा, तोड़फोड़, आगजनी र लूटपाट सर्वदा निषेधित रहेको पनि स्पष्ट पारे । उनले केही दिनअगाडि काठमाडौंमा भएको घटनाको क्रममा भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै होनाहार पत्रकार र नागरिकको मृत्यु हुनु दु:खद भएको बताए।

राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनासँगै मुलुकमा आमसञ्चार माध्यमको विकास र विस्तारले गति लिएको उल्लेख गरे। संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न रेडियो नेपालले पुराएको योगदानको चर्चा गरे।

राष्ट्रपति पौडेलले प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएको उल्लेख गर्दै नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.