राजतन्त्रको विरुद्ध र गणतन्त्रको पक्षमा एमालेको वीरगन्जमा शक्ति प्रदर्शन

राजतन्त्रको विरुद्ध र गणतन्त्रको पक्षमा एमालेको वीरगन्जमा शक्ति प्रदर्शन
तस्बिर : अन्नपूर्ण

वीरगन्ज : नेकपा एमालेले गणतन्त्रको पक्षमा वीरगन्जमा बुधबार शक्ति प्रदर्शन गरेको छ । राजतन्त्रको विरोध र गणतन्त्रको पक्षमा एमालेले वीरगन्जमा बृहत मोटरसाइकल जुलुस निकालेर शक्ति प्रदर्शन गरेको हो ।

दिउँसो वीरगन्जको पावरहाउस चोकबाट सुरू भएको एमालेको मोटरसाइकल र्‍याली मुर्ली,घण्टाघर,रेल्वेरोड,छपकैया पुगेर त्यहाँबाट आदर्शनगर, घडिअर्वा हुँदै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु हजराले पछिल्लो समय राजावादीहरू सल्बलाउन थालेकाले उनीहरूलाई खबरदारी गर्न एमालेले सडकमा आएर आफ्नो शक्ति देखाउनु परेको बताए ।

पहिले राजतन्त्र हुँदा दरबारमा गएर पूर्वराजाको हड्डी चुस्न पल्किएका केहि मुठ्ठीभर तत्वहरू अहिले राजतन्त्र फर्काउन सल्बलाउन थालेको भन्दै उनले भने,‘पूर्वराजालाई म चेतावनी दिन चाहन्छु ,सावधान । यदि उक्साहटमा परेर  धेरै चुर्पफुर गर्न थाल्यौं भने अब नेपाली जनताले सडकमा ल्याएर भकुण्डो खेलाए जस्तै खेलाउनेछन् ।’

प्रतिनिधिसभा सदस्यसमेत रहेका हजराले नेपाली जनता गणतन्त्रको पक्षमा रहेकाले पूर्वराजा राजावादीको भुलभुलैयामा नपर्ने दाबी पनि गरे । यस्तै कोणसभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय कमिटी सल्लाहकार जालिम मियाँले पूर्वराजा वा राजवादीहरू समयमै सचेत नभए उनीहरूको हबिगत नराम्रो हुने चेतावनी दिए । मियाँले भने,‘अझ पनि समय छ पूर्वराजा औकातमा बस । होइन भने नारायणहिटीबाट निर्मल निवासमा जनताले लखेटिसकेका छन् । अब फेरि त्यहाँबाट पनि अन्त लखेट्न दिन नआओस्।’

एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माको अध्यक्षतामा भएको कोणसभालाई एमाले नेता एवं संविधानसभा सदस्य विचारी यादव लगायतकाले पनि सम्बोधन गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.