आज चैती छठ, अस्ताउँदो सूर्यलाई अर्घ दिइने

आज चैती छठ, अस्ताउँदो सूर्यलाई अर्घ दिइने
सुन्नुहोस्

विराटनगर : आज चैती छठको मुख्य दिन हो। आज भक्तजनहरुले दिनभरि व्रत बसेर घाटमा गइ अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा छ। 

भाकल पूरा भएपछि गरिने चैती छठ पर्व मङ्गलवारदेखि विधिवतरुपमा सुरु भएको हो।  चैत्र शुल्कपक्ष चतुर्थी तिथि मङ्गलवारदेखि सुरु भएको छठ पर्व शुक्रबार सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिइ विधिवतरुपमा समापन गरिन्छ।  

मिथिलावासीको 'साँझा पर्व'को रुपमा स्थापित भएको चैते छठपर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै हिन्दु परम्पराअनुसार हर्षोल्लासकासाथ विधिवतरुपमा समापन हुने छ।  

शारीरिक कष्ट हरण, चर्मरोगको निवारण तथा दरिद्रपन नष्ट र पुत्र प्राप्तिका लागि भगवान सूर्यको पूजा आराधनास्वरुप छठ पर्व मनाउने परम्परा मिथिला अञ्चलमा रहेको छ।

कार्तिक र चैत गरी वर्षको दुईपटक छठ पर्व मनाउने परम्परा छ। कार्तिकमा मनाइने छठ पर्वमा  हिन्दुधर्मालम्बीले प्रार्थना वा आराधानको निम्ति गर्छन् भने चैते छठमा कार्तिक महिना गरिएको आराधना पूरा भएपछि गरिने जनविश्वास रहेको छ।
 
चैत्रे छठमा कुनै कुरा माग्दा एक महिनाभित्र पूरा हुने जनविश्वास समेत रहेको पण्डित मृतुञ्जय झाले बताए। 

पहिला तराइका मधेशी समुदायले मात्र मनाउने यो पर्व आजभोलि अन्य समुदायले पनि मनाउने गरेका छन्। विराटनगरमा देशबन्धु ढकालले छोरी दुई महिना हुँदा बिरामी परेका बेलादेखि आफूले कार्तिक महिनाको छठ पर्व सुरु गरेको बताए।  

उनले भने, ‘मैले पनि सूर्य भगवानको आराधान गर्ने हेतुले छठ सुरु गरेका हुँ। लामो समयदेखि कार्तिक महिनाको छठ गर्दे आएका छौं , चैते छठ पहिलो पटक गर्दै छु।'

छठी मैयाको उपासना गरेपछि मनोकामना पूरा हुने गरेकाले आफूले यो पर्वलाई विशेष रूपमा मनाउने गरेको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.