राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा

राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्रीको राजीनामा माग गरेको छ।अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले बिहीबार सिंहदरबारमा कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै उक्त घटनाको छानविन गर्नुपर्ने भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको हो ।

गृहमन्त्रीको राजीनामा र चैत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्नुपर्ने राप्रपाको माग छ। त्यस्तै मृतकहरूलाई शहीद घोषणा गरिनुपर्ने, राप्रपा नेताहरू रबीन्द्र मिश्र र डा. धवल शमशेर राणालगायत अन्य बन्दीहररूको रिहाई गर्नुपर्ने तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनुपर्ने राप्रपाको माग छ। साथै उक्त घटनाको छानविनका लागि सर्वोच्च अदालतको पूर्वन्यायाधीशको नेतृत्वमा मानव अधिकार आयोग र नागरिक समाज सम्मिलित  स्वतन्त्र छानविन आयोग गठन गरिनुपर्ने राप्रपाको माग छ।

आफ्ना मागहरूका विषयमा सुनुवाई नगरी सरकार एकपक्षीय ढंगले अघि बढे आगामी कार्यक्रमलाई दमनको विरुद्धको कार्यक्रममा परिणत गर्ने राप्रपाले चेतावनी समेत दिएको छ। साथै राप्रपाले नेता मिश्र,राणालगायतलाई राज्यविरुद्धको अपराधजस्तो गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो भन्दै प्रश्न समेत गरेको छ।

चैत्र १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि तीनकुनेमा प्रदर्शन भएको थियो।सो क्रममा निजी तथा व्यवसायी भवन ,सञ्चारगृहमा तोडफोड,आजगनी तथा लुटपाट भएको थियो भने दुईजनाले ज्यान गुमाएका थिए। पत्रकार रजकको आगजनी र महर्जनको गोली लागेर मृत्यु भएको थियो।

 

 

 

 

 

 

 

 

 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.