तस्करी रोक्न खोज्दा प्रहरीमाथि नै आक्रमण

तस्करी रोक्न खोज्दा प्रहरीमाथि नै आक्रमण
सुन्नुहोस्

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीमाथि बालुवा तस्करी गर्ने समूहले आक्रमण गरेको छ। 

बुधबार बेलुका ७ बजेतिर तुलसीपुर–१२, एयरपोर्ट नजिकै आक्रमण भएको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाका प्रमुखको सचिवालयका अनुसार ग्वारखोलामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा लिन गएका नगर प्रहरीमाथि आक्रमण भएको हो।

आक्रमणबाट नगर प्रहरी असई सञ्जय गिरी र हवलदार बिनोद रेउले घाइते भएका छन्। असई गिरीको नेतृत्वमा रहेका चार जना नगर प्रहरीले रा.१.त. ४०२३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिन खोज्दा ट्याक्टर चालक तथा सवारी धनी लगायतका व्यक्तिहरूले अवरोध गर्दै घरेलु हतियारसहित आक्रमण गरेको उनीहरूले बताए।

घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल सिंह ठकुरीले बताए। आक्रमणमा पर्दा नगर प्रहरीले प्रयोग गरेको सवारी साधनसमेत बाटोमै अलपत्र  रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.