राजावादीको आन्दोलनमा सुनियोजित रुपमै लुटपाट,तोडफोड र आगजनी गरेको पाइयो : महानिरीक्षक थापा

राजावादीको आन्दोलनमा सुनियोजित रुपमै लुटपाट,तोडफोड र आगजनी गरेको पाइयो : महानिरीक्षक थापा
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले राजावादीले चैत्र १५ गते गरेको आन्दोलनका क्रममा सुनियोजित रुपमै लुटपाट, तोडफोड र आगजनी गरेको पाइएको बताएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक थापाले प्रदर्शनकारीहरूले अराजक मच्चाएपछि बल प्रयोग गर्न प्रहरी बाध्य भएको बताए।

शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर अनुमति मागेपछि सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ। 'शान्तिपूर्वक आन्दोलन गर्ने भनेर अनुमति मागेपछि सोहीअनुसारको सुरक्षा रणनीति अपनाएका थियौं,'उनले भने,'तर,  प्रदर्शन हिंसा, लुटपाट, तोडफोड र आगजनीमा परिणत भएपछि कर्फ्यु लगाएर स्थिति नियन्त्रणमा लिनुपर्यो।'

महानिरीक्षक थापाले तीनकुने घटनामा पक्राउ परेकामाथि राज्यविरुद्धको अपराध र संगठित अपराध तथा आपराधिक कसुरमा मुद्दा दर्ता गरिएको जानकारी दिए। उनले उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइने बताए।

उक्त घटनामा परी दुईजनाले ज्यान गुमाएका छन्। आगोमा जलेर पत्रकार सुरेश रजक र  गोली लागेर सविन महर्जनको मृत्यु भएको हो। आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप हुँदा प्रहरीसहित १३४ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ। केही घाइते उपचारपछि फर्किसकेका छन् भने केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

 

 

 

 

 

 

 

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.