थाइल्याण्ड भ्रमण ऐतिहासिक, शिखर सम्मेलन सफल : प्रधानमन्त्री ओली

थाइल्याण्ड भ्रमण ऐतिहासिक, शिखर सम्मेलन सफल : प्रधानमन्त्री ओली
सुन्नुहोस्

बैंकक : प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलन सफल भएको बताएका छन्। 

थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको शिखर सम्मेलनका क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले स्वदेश फर्कनु एक दिनअघि आज प्रिदीबानोमयाङस्थित नेपाली राजदूतावासको कार्यालय अवलोकन गर्दै यो भ्रमण सफल रहेको बताए।

नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध भएको ६६ वर्षको इतिहासमा नेपालका प्रधानमन्त्रीबाट थाइल्याण्डको भ्रमण भएको यो पहिलो अवसर हो। प्रधानमन्त्री ओलीले भ्रमण र शिखर सम्मेलनका क्रममा भएका द्विपक्षीय भेटवार्ताका क्रममा पनि ती मुलुकसँगको सम्बन्ध विस्तारमा थप बल पुगेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पेथोङथान शिनावात्रालाई नेपालको औपचारिक भ्रमणको निमन्त्रणा दिनुभएको छ भने दुईपक्षीय वार्ताका क्रममा संस्कृति, पर्यटनसहित आठ विषयमा सम्झौतामा हस्ताक्षर भएको थियो। प्रधानमन्त्री ओलीले आफ्नै जग्गामा नेपाली राजदूतावास सञ्चालन भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा यसका लागि थप पूर्वाधार विकास गर्नुपर्ने खाँचो औंल्याए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.