डडेलो नियन्त्रणका लागि सरकार ठोस योजनासहित अघि बढेको छ : वनमन्त्री

डडेलो नियन्त्रणका लागि सरकार ठोस योजनासहित अघि बढेको छ : वनमन्त्री
सुन्नुहोस्

काठमाडौं : वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले वन डडेलो नियन्त्रणका लागि ठोस योजना बनाएर अगाडि सरकार अघि बढिरहेको बताएका छन्।

आइतबार काठमाडौंमा फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्सको उद्घाटन गर्दै मन्त्री ठकुरीले वन डडेलोका साथै आगोबाट सिर्जित समस्या समाधानका लागि सरकार ठोस योजना बनाएर अघि बढिरहेको बताए । फागुन चैत्र बैशाखमा अत्याधिक वन डडेलो लाग्ने देखिएकाले आगामी दिनमा यसलाई न्यूनिकरण गर्ने योजनालाई प्रभावकारी बनाउने उनले बताए।

उनले तीनै तहका सरकारबाट वन डडेलो नियन्त्रणको प्रयास गरेपनि पूर्णरुपमा सफल हुन नसकेको र यसले गर्दा जैविक विविधताको नासदेखि लिएर वातावरण प्रदूषण बढ्दै गएको धारणा राखे ।

मन्त्री ठकुरीले वन डडेलो नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रयासलाई अबलम्वन गर्दै आधुनिक उपकरणहरू र प्रविधिको माध्यमबाट डडेलो समस्या न्यूनिकरण र नियन्त्रण गर्नुपर्ने बताए।

नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यसहित एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसनले सम्मेलनको आयोजना गरेको हो ।

दुईदिनसम्म चल्ने सम्मेलनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका ७५३ वटै पालिकाका प्रतिनिधिलगायत विज्ञहरूको सहभागीता रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.