जेल चलान हुँदै

सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
तस्बिर : अन्नपूर्ण

भैरहवा : रुपन्देही प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएको छ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराइएको रुपन्देही प्रहरीले जनाएको छ।

जिल्ला अदालत रुपन्देहीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश गरेपछि सरकारी वकिल कार्यालय रुपन्देही र लामिछाने दुवैले पुनरावेदनका लागि उच्च अदालतमा निवेदन दिएका थिए।

जसउपर उच्च अदालतले  जिल्ला अदालतको आदेश बदर गर्दै गत शुक्रबार सुनुवाइ गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो। शुक्रबार राति पक्राउ परेका लामिछानेलाई शनिबार बिहान त्रिभुवन विमानस्थलबाट भैरहवा लगेपछि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। 

आज अदालत प्रक्रिया पुरा गरी उनलाई कारागार पठाइनेछ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.