हुम्लाको बोक्चे गौडा सडकखण्ड बन्द

हुम्लाको बोक्चे गौडा सडकखण्ड बन्द
तस्बिर : अन्नपूर्ण

हुम्ला : कर्णाली करिडोर अन्तर्गत हुम्लाको बोक्चे गौडा सडकखण्ड आज बिहान ७ बजेदेखि बन्द भएको छ। नेपाली सेनाले सडक स्तरोन्नतिको काम सुरू गरेपछि सडक पूर्णरूपमा बन्द भएको हो।

कर्णाली करिडोरको बोक्चे गौडा सडक निर्माण अवधिसम्मका लागि बन्द भएको नेपाली सेना विकास निर्माण दलका योजना प्रमुख सेनानी अमृत पराजुलीले जानकारी दिए। अनौपचारिक रुपमा सो खण्ड सडकको निर्माण कार्य यसअघि नै सुरू भइसकेको भएपनि यातायात सेवा अवरुद्ध नगरी काम भइरहेको थियो । 

तर,अब सडक पूर्णरुपमा बन्द गरेर  निर्माणको कार्यलाई तीव्रता दिने विकास निर्माण दलका योजना प्रमुख सेनानी पराजुलीले बताए। बोक्चे गौडा याङ्चु कुनाको आठ सय मिटर सडकको स्तरोन्नती गर्ने कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरि जिम्मेवारी सेनाले पाएको थियो । समयमै काम सम्पन्न गर्न सडक बन्द गरी काम थालिने पराजुलीको भनाइ छ।

असजिलो चट्टानी भीरको सडकको लेभल मिलाउन विष्फोट गर्नुपर्ने भएका कारण बेलाबेला सडक सुचारु गर्न समेत समस्या हुने सेनाले जनाएको छ । सम्भव भए बीचमा सडक सचारु हुन सक्ने भएपनि अहिले नै त्यसरी भन्न नसकिने अवस्था रहेको सेनाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.