श्रम आन्दोलनको अन्तर्राष्ट्रिय परिस्थिति

श्रम आन्दोलनको अन्तर्राष्ट्रिय परिस्थिति

विश्वमा विकसित भएको बहुध्रुवीयता र नयाँ परिस्थिति श्रमिक वर्गका लागि थप अनुकूल हुँदै गएको छ।

सन् १९९० को दशकदेखि विश्वव्यापी रूपमा अवलम्बन गरिएको नवउदारवादी पुँजीवाद अहिले संकटमा छ। नवउदारवादका कारण बेरोजगारी, गरिबी, आय असमानता र सीमित व्यक्तिहरूमा धनको केन्द्रीकरण बढ्दै गएको छ। यसले श्रमिकको हक, अधिकार र उपलब्धिलाई कुण्ठित गरिरहेको छ। यसबाहेक, सामाजिक असमानता नाटकीय रूपमा फराकिलो हुँदै छ। साथै, यसले वातावरणीय ह्रास र प्राकृतिक स्रोतहरूको लापरवाह अत्यधिक दोहनमा थप योगदान गरिरहेको छ।

शान्ति, आर्थिक विकास र लोकतन्त्रको अभियानका साथ विश्व बहुध्रुवीयतातर्फ अघि बढिरहेको छ। ब्रिक्सको निर्माणले सन् १९९० को दशकदेखि नै अमेरिकाको नेतृत्वमा विकसित भएको एक ध्रुवीयताको विकल्प प्रदान गरेको छ। ब्रिक्सको निर्माणले सोभियत संघको पतनपछि अमेरिकाको नेतृत्वमा विकसित भएको एक ध्रुवीयताको विकल्प बहुध्रुवीयतातर्फ विकसित भएको छ। रुस–युक्रेन युद्धले पनि नाटो सम्बद्ध शक्तिशाली देशबीचको मतभेद बढाएको छ।

त्यसैगरी, विश्वको ७५ प्रतिशत जनसंख्यालाई समेटेर चीनले अगाडि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा १ सय ५० देश सामेल भएका छन्। मानव इतिहासको सबैभन्दा ठूलो विकास परियोजना मानिएको, बीआरआईले देशहरूलाई समुद्र र जमिनबाट जोड्ने, उत्पादन र व्यापारको प्रवर्द्धन गर्ने, आर्थिक र सामाजिक विकास गर्ने र विश्व शान्ति कायम गरेर जनता–जनताको सम्बन्ध कायम गर्ने लक्ष्य राखेको छ।

यसरी विश्व बहुध्रुवीयतातर्फ उन्मुख भएको छ। तर अहिले पनि ट्रेड युनियनहरूको अधिकार र स्वतन्त्रता खतरामा छ। नवउदारवादी पुँजीवादले श्रमिकहरूको जीवनलाई कष्टकर बनाएको छ। बढ्दो महँगी र मुद्रास्फीतिले गरिब, मजदुर र पेन्सन लिनेहरू मारमा परेका छन्। श्रम क्षेत्रमा अस्थायी, करार, ज्याला मजदुरी, आउटसोर्सिङ र अनिश्चित रोजगारी विस्तार हुँदै गएको छ। यसले विकास, रोजगारी सुरक्षा, क्यारियर र सामाजिक सुरक्षा लाभहरूमा कामदारहरूको पहुँचमा चुनौती खडा गरेको छ।

विश्वका सबै क्षेत्रमा प्रगतिशील र समाजवादी ट्रेड युनियनहरूको उपस्थिति र प्रभावको विस्तार सुनिश्चित गर्नु श्रमिक वर्गका लागि महत्वपूर्ण लक्ष्य हो। त्यसैले श्रमिक वर्गको अधिकारको शान्तिपूर्ण संघर्षलाई तीव्र बनाउँदै सबै किसिमका सैन्य गठबन्धनहरू भत्काउनेतर्फ अघि बढाउन आवश्यक छ।

युद्ध, द्वन्द्व र व्यापारिक पुँजीवादले बेरोजगारी, अनिश्चितता र ठूलो मात्रामा मानिसहरूको बसाइँसराइ र शरणार्थी प्रवाहलाई निम्त्याएको छ। साथै, सस्तो श्रम अभ्यास गर्न मजदुरहरूलाई बाध्य पारेर चरम श्रम शोषणमा वृद्धि भएको छ। श्रमिक विरोधी कानुनी प्रावधानहरूले सामूहिक सौदाबाजीको शक्तिलाई उल्लेखनीय रूपमा कमजोर बनाएको छ। करार सेवामा काम लगाउने श्रम अभ्यास, सार्वजनिक संस्थानहरूको निजीकरण, आउटसोर्सिङ, टेलिवर्किङ र सेवा भाडा श्रम बजारमा लागू गरिएका केही कठोर नीतिहरू हुन्।

सामाजिक सुरक्षा र सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा, खानेपानीजस्ता ठूला सामाजिक सेवाका संस्थाहरूको निजीकरण भइरहेको छ। त्यसैगरी, श्रमिकको अवकाश उमेर पनि मनमानी बढाइँदै छ। मध्ययुगीन अवस्थामा सञ्चालित खानीहरूमा हरेक दिन हजारौं मानिसहरू जमिनमुनि गाडिने क्रम जारी छ। पुरानो नियन्त्रण प्रणालीको अभावका कारण रेलहरू ठोक्किने क्रम जारी छ। खानी, रेल दुर्घटना, बाढीपहिरोमा फसेका कामदारका कारण कारखाना बन्द भएका छन्। कामको निरन्तर तीव्रता र दुर्घटना रोकथाम उपायहरूको अभावले थकान र एकाग्रताको कमीका कारण कामदारहरू दिनहुँ मर्छन् वा घाइते भइरहेका छन्।

विज्ञान र प्रविधिकको विकास भए पनि जनताको पीडाको अन्त्य हुन सकेको छैन। काममा सुरक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराउनुलाई रोजगारदाताहरूले आफ्नो नाफा घटाउने अनावश्यक खर्चको रूपमा हेर्छन्। उत्साहजनक कुरा के छ भने मजदुरहरू श्रमविरोधी नीति र शोषणको विरुद्धमा उभिएका छन्। श्रमिक वर्गीय ट्रेड युनियनहरूको नेतृत्वमा विश्वभरका लाखौं श्रमिकहरूले आफ्नो ट्रेड युनियन, सामाजिक र राजनीतिक अधिकारको रक्षा गर्न संघर्ष गरिरहेका छन्।

विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयू)मा आवद्ध ट्रेड युनियनहरूले फ्रान्स, ग्रिस, इटाली, पोर्चुगल, साइप्रस, टर्की, स्पेन, अर्जेन्टिना, ब्राजिल, भारत, श्रीलंका, बंगलादेश, इन्डोनेसियालगायत अन्य धेरै देशहरूमा व्यापक श्रमिक संघर्ष सञ्चालन गरिरहेका छन्। यस्ता आन्दोलनले ठूलो समर्थन पाएका छन्। श्रमिकहरूको प्रतिरोध बलियो हुँदै जाँदा र संघर्षहरू व्यापक हुँदै जाँदा ट्रेड युनियन र नेताहरूको दमन पनि बढ्दै गएको छ।

तर पुँजीवादी समर्थक ट्रेड युनियनहरूले ट्रेड युनियन आन्दोलनलाई वर्ग समन्वयवादी धारमा मोड्न खोजिरहेका छन्। यो कुनै संयोग होइन कि पुँजीवादी पक्षधरहरूको वर्चस्व रहेको अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी)ले विश्वव्यापी रूपमा साम्राज्यवादीहरूले सञ्चालन गरेको युद्व, हत्याको विरोध गर्दैन। र युरोपमा युरोपेली ट्रेड युनियन केन्द्र (ईटीयूसी)ले विश्वव्यापी ट्रेड युनियन आन्दोलनभित्र विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयू)ले अगाडि बढाएको श्रमिक आन्दोलन र डब्लूएफटीयूको उपस्थिति र प्रभावलाई सीमित पार्ने उद्देश्यले अनावश्यक दबाब दिएर आफ्नो आक्रमणलाई तीव्र बनाएको छ।

विश्वका सबै क्षेत्रहरूमा प्रगतिशील र समाजवादी ट्रेड युनियनहरूको उपस्थिति र प्रभावको विस्तार सुनिश्चित गर्नु श्रमिक वर्गका लागि महत्वपूर्ण लक्ष्य हो। विश्वमा विकसित भएको बहुध्रुवीयता र नयाँ परिस्थिति श्रमिक वर्गका लागि थप अनुकूल हुँदै गएको छ। त्यसैले श्रमिक वर्गको अधिकारको शान्तिपूर्ण संघर्षलाई तीव्र बनाउँदै सबै किसिमका सैन्य गठबन्धनहरू भत्काउनेतर्फ अघि बढाउन आवश्यक छ। यसका साथै साम्राज्यवादी हस्तक्षेप, प्रतिबन्ध, नाकाबन्दी र आर्थिक युद्धबिना श्रमजीवी वर्गको आर्थिक र सामाजिक विकासको आफ्नो बाटो रोज्ने अधिकारको रक्षा गर्ने संघर्षलाई अगाडि बढाउनुपर्छ।

खनाल, विश्व ट्रेड युनियन महासंघका प्रेसिडेन्सियल काउन्सिल सदस्य एवं पेसागत महासंघ नेपालका अध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.