मापदण्ड विपरीतका सवारीसाधन सञ्चालनमा रोक लगाउँछौं : मन्त्री दाहाल

मापदण्ड विपरीतका सवारीसाधन सञ्चालनमा रोक लगाउँछौं : मन्त्री दाहाल
सुन्नुहोस्

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताएका छन्।

सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरूसँगको छलफलका क्रममा मन्त्री दाहालले नियम विपरीत सञ्चालन भइरहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने बताए। उनले मापदण्ड विपरीतका सवारी साधनलाई कडाइ गर्ने विषयमा प्रहरीका तर्फबाट असहयोग भएको गुनासो गरे।

त्यस्तै सडक निर्माणका क्रममा सवारी साधन अवरोध हुन नदिन वैकल्पिक रुट तथा डाइभर्सनको व्यवस्थापनलाई समेत प्राथमिकता दिइने उनले बताए। काठमाडौं र पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग मर्मतलाई तीब्रता दिइएको भन्दै उनले वैकल्पिक सडकको रूपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरे।

उनले स्वचालित प्रणालीबाटै भाडादर कायम गर्नेमा सकारात्मक रहेको धारणा राखे। छलफलका क्रममा यातायात व्यवसायीहरूले बीपी राजमार्ग, दाउन्ने सडक खण्डलगायतका सडक समयमा नै निर्माण नभए यातायात सञ्चालनमा कठिन हुने भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.