प्रधानमन्त्री ओलीले भोलि मधेस प्रदेशसभामा सम्बोधन गर्ने
जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (मंगलबार) मधेस प्रदेशसभामा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले मंगलबार बिहान १० बजे मधेस प्रदेशसभामा सम्बोधनका गर्न लागेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए।
ओलीले गर्ने सम्बोधनको सम्पूर्ण तयारी पूरा गरेको प्रदेशसभा सचिवालयले जनाएको छ। मधेस प्रदेशसभाको बैठक सभाहललाई शृंगार गरिएको छ। प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाले प्रधानमन्त्रीको स्वागतका लागि ठाउँ ठाउँमा स्वागतद्वारको निर्माण तथा सम्बोधनको लागि आवश्यक सम्पूर्ण प्रबन्ध भइसकेको अन्नपूर्णलाई जानकारी दिए।
‘प्रदेशसभा बैठक बिहान १० बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री ओलीले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ,’ सभामुख मण्डलले भने। प्रधानमन्त्री ओली हेलिकोप्टरबाट जनकपुर विमानस्थलमा आउने र त्यहाँबाट सोझै प्रदेशसभामा पुगेर सम्बोधन गरेपछि सिरहामा आयोजना हुने आमसभामा सरिक हुने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस !