धरानका नागरिकको खानेपानीको समस्या समाधान हुन्छ : मन्त्री यादव

धरानका नागरिकको खानेपानीको समस्या समाधान हुन्छ : मन्त्री यादव
सुन्नुहोस्

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षैंदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताएका छन्। 

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साङपाङ) नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको मागपत्र पेस गरेपछि मन्त्री यादवले सो कुरा बताएका हुन्। 

'धरानका नागरिकको खानेपानीको समस्याका विषयमा मसहित सिंगो मन्त्रालय जानकार छ। त्यहाँको खानेपानीको दीर्घकालीनरूपमा समाधान गर्नेतर्फ हामी लागिरहेका छौं। समस्या समाधान गर्छौं,' उनले भने।

 
मन्त्री यादवले धरानको खानेपानीको समस्याका विषयमा आफू पहिलेदखि नै जानकार रहेकाले त्यहाँको खानेपानीको समस्या दीर्घकालीनरूपमा समाधानका लागि दातृ निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिएका थिए।

नगरप्रमुख साङपाङ नेतृत्वको एक प्रतिनिधिमण्डलले धरानको खानेपानी समस्याबारे विशेष ध्यानाकर्षण गराउँदै आगामी आर्थिक वर्ष २०८२/०८३ मा धरानमा खानेपानीका लागि बजेट विनियोजन गरिदिनका लागि मागपत्र बुझाएका थिए। 

गर्मी मौसम सुरु भएकाले अहिले धरानमा खानेपानीको निकै काकाकुल अवस्था सिर्जना भएको तथा पानी नभएका कारण नागरिकलाई साह्रै दु:ख भएको नगरप्रमुख राईले बताए। उनले भने, 'पानीको समस्या पहिलेदेखि नै थियो। अहिले गर्मी मौसम सुरु भएकाले झन समस्या भयो। स्थायीरूपमा पानीको समस्या समाधनका लागि बजेट माग गरेका छौं।' 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.