राजसंस्था पुनःस्थापना र हिन्दूराष्ट्र बनाउन विद्रोहको बाटो हिँड्न तयार छौं : राजेन्द्र लिङ्देन


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र बनाउनका लागि आफूहरू विद्रोहको बाटो हिँड्न पनि तयार रहेको बताएका छन्। राप्रपाले मंगलबार बल्खुमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष लिङ्देनले सरकारले चाहे आफूहरू विद्रोहको बाटो हिँड्ने बताए।

'हामी शान्ति चाहन्छौं। शान्तिपूर्वक ढंगबाट आफ्नो माग मुद्दालाई स्थापित गर्न चाहन्छौं। तर सरकारले राप्रपाले विद्रोह गरोस् भनेर चाहन्छ भने हामी सल्लाह गरेर त्यो बाटो हिँड्न तयार छौं,' लिङ्देनले भने।

उनले माओवादी जनयुद्धको स्मरण गर्दै सरकारलाई त्यसखालका द्वन्द्व स्वीकार हो भनेर प्रश्न गरेका थिए। 'माओवादीको जनयुद्ध तपाईंहरु सबैलाई थाहा छ। एउटा भरुवा बन्दुक बोकेर सुरु गरेको माओवादीले कांग्रेस, एमालेलाई के गरेको थियो? स्मरण गर्नुस्। अनि अझै हामी जंगल पसोस् भनेर चाहनुहुन्छ?,' उनले प्रश्न गरे।

उनले तीनकुनेको हिंसा राज्यले नै भड्काएको आरोप लगाए। त्यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख दीपक थापा जिम्मेवार छन्। उनले अहिलेको प्रहरी प्रमुख एमालेको भातृसंस्था युवा संघको सहअध्यक्ष रहेको आरोपसमेत लगाए।

'तीनकुनेमा हिंसा भड्काउन गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त युवा संघको सहअध्यक्ष पो रहेछन्,' अध्यक्ष लिङ्देनले आरोप लगाए। उनले प्रहरीहरूलाई प्रहरी भएर बस्न सुझाव पनि दिए। 'प्रहरीलाई भन्न चाहन्छौं, प्रहरी भएर बस्नुस्, राजनीति दलका कार्यकर्ता बन्ने कुचेष्टा नगर्नुस्,' उनले भने। 

उनले राजा आउँछ भन्नेहरूको पनि यो देश भएको बताएका छन्। 'कसैलाई गणतन्त्र मन पर्छ, ठीक छ। तर यो देश राजा आउँछ भन्नेहरूको पनि हो,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.