बालेनलाई लिङ्देनले भने- धेरै हिरो भएर जरिवानाको पत्र नकाट्नू
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हिरो भएर फोहोरको जरिवाना नकाट्न चेतावनी दिएका छन्। बल्खुमा मंगलबार आयोजित विरोधसभा कार्यक्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई फोहोरको जरिवाना नकाट्न चेतावनी दिएका हुन्।
उनले राप्रपाका नेता कार्यकर्तालाई कार्यक्रम स्थल सफा गर्न र नागरिक समाजका अगुवालाई अनुगमन गरिदिन आग्रह गरेका थिए। 'बालेनजीलाई आजको कार्यक्रमको बारेमा धेरै हिरो भएर पत्र नकाट् आग्रह गर्छु। नेता-कार्यकर्तालाई आफैं सफा गरेर जान आग्रह गर्छु। केही पनि फोहोर रहनेवाला छैन है। पत्रकार र नागरिक समाजका अगुवाहरूले पनि अनुगमन गरिदिनुस्। भोलि फोहोर गरेवापत चिठी नआओस्,' उनले भने।
प्रतिक्रिया दिनुहोस !