बल्खुमा राजावादीहरू नांगेझार भए : माधव नेपाल
ओखलढुंगा : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राप्रपाले बल्खुमा आयोजना गरेको विरोध सभाबाट राजावादीहरू नांगेझार भएको बताएका छन्।
अध्यक्ष नेपालले इटहरीमा एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले अब इतिहास भएको राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरे। ‘बल्खुमा देखिहाल्नु भो राजावादीहरू नांगेझार भएका छन्,' उनले भने।
समाजवादी मोर्चाको चैत १५ गतेको कार्यक्रममा कतै फोहोर नभएको र राजावादीहरूलाई आर्थिक जरिवाना पत्र काटिएको सन्दर्भ उठाउँदै उनले भने ‘आज कति मान्छे जुटाउलान् बल्खुमा भन्ने लागेको थियो। ७ हजार मान्छे ल्याए रे! तपाईंहरू पनि हेर्नुहोला।’ अधिवेशनको उद्घाटन शत्रमा बोल्दै नेपालले गणतन्त्रको संविधानको रक्षा गर्न एकीकृत समाजवादी पार्टी निर्माण भएको बताए।
राप्रपाप्रति कटाक्ष गर्दै अध्यक्ष नेपालले आजको सभाबाट उनीहरूले आफ्नो वास्तविक स्वरूप देखाएको पनि बताए। ‘आफ्नै व्यवहारले गर्दा नांगिए। नकारात्मक सन्देश दियो। हाम्रो पार्टीमाथि आक्रमण गरे, आगो लगाए, कम्युटर, प्रिन्टर, पंखा चोरेर भागे। मेरो घरमा पनि आक्रमण गरे, तोडफोड र आक्रमणमा उत्रिएपछि तिनीहरू नांगिएका छन्,’ नेपालले भने।
उनले अधिवेशनबाट देशलाई सन्देश दिने गरि नेतृत्व चयन गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए। उद्घाटनमा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र वस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू जगन्नाथ खतिवडालगायतका नेताहूले सम्बोधन गरे। अधिवेशन चैत २७ गते नयाँ नेतृत्व गर्दै सम्पन्न हुने छ।
प्रतिक्रिया दिनुहोस !