मुलुकमा राजनीतिक स्थिरता आइसक्यो, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री

मुलुकमा राजनीतिक स्थिरता आइसक्यो, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्शको ७४औँ वार्षिक साधारणसभाको उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरुपमा उद्योग-व्यवसायलाई अगाडि बढाउन आग्रह गरे।

आजको कृत्रिम बौद्धिकताको समेत सदुपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा उनले जोड दिए। 'कसैलाई गाली गलौज, बदनाम र भ्रम दिन सूचना र प्रविधिको प्रयोग गर्नु हुँदैन। मानिसकलाई सहजरुपमा सेवा सुविधा दिनका लागि सूचना र प्रविधिको प्रयोग हुनुपर्छ। हामीले बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने हुन्छ। हरेक क्षेत्रमा सम्भवना छ भनेर तपाईँहरूले कन्भिन्स गर्न सक्नुहुन्छ,' उनले भने। 

प्रधानमन्त्री ओलीले सरकारबाट आर्थिक विकासका लागि ल्याइएका अध्यादेशहरूप्रति चेम्बरजस्ता संस्थाहूरुले घोचे थाप्ने काम नगरी समर्थन गरेको स्मरण गर्दै सही र गलतका आधारमा समर्थन र विरोध गर्ने यस्ता शैलीहरू प्रशंसनीय रहेको बताए। 'आज हामीलाई सुशासन र विकास चाहिएको छ। सुशानमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ। त्यसलाई नियन्त्रण गर्नका लागि तपाईँहरूको पनि सहयोग चाहिन्छ। देशको परिवर्तनका लागि योगदान गरेका ठूला पार्टीहरू मिलेर सरकार बनेको छ। त्यसले स्थिरता दिएको आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो शीलशीला कायम रहन्छ। त्यसकारण तपाईँहरू ढुक्क भएर लगानी गर्नुस्। देशको विकासका योगदान गर्नुस्, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.