चाहेपछि बन्दोरहेछ सडक

चाहेपछि बन्दोरहेछ सडक
सुन्नुहोस्

पूर्वपश्चिम राजमार्गले देशका दुई कुनालाई मात्रै जोडेको छैन, पश्चिम नेपाल पूर्वतिर जोडिने त यो एकमात्रैजस्तो बाटो हो । यसको पनि नारायणगढ—बुटवल खण्ड केही वर्षअघिदेखि स्तरोन्नतिको काम हुँदै थियो, तर नेपालका विकास पूर्वाधारमा कतिसम्म ढिलाइ र लापरबाही हुन्छ भन्ने उदाहरणमध्येको एउटा पनि यही खण्ड बन्यो । 

अहिले आएर भने यो खण्डको कामले तीव्रता लिएको छ । नागरिक समाजले पटकपटक उठाएको आवाज बल्ल सुनिँदै छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी–चाइना)ले दिनरात काम गरेर नारायणगढ—दाउन्नेको ६५ किलोमिटरमध्ये ५० किमिमा एकतर्फी कालोपत्र गर्न भ्याएको छ । यही गतिका काम हुने हो भने निर्धारित समयमा यो परियोजना पूरा हुन सक्छ । 

कोभिड महामारी त सर्वविदित भइहाल्यो । त्यसबाहेक नीतिगत जटिलता र निर्माण कम्पनीको ढिलासुस्तीकै कारण यो परियोजना सकिनुपर्ने समयमा सकिएन । नभए तीन पटकसम्म ठेकेदार कम्पनीसँगको म्याद थप्नुपर्ने थिएन । ६ वर्षदेखि काम अलपत्र हुने थिएन । चीनमा द्रुततर विकास गर्ने तर त्यहाँका कम्पनीले नेपालमा चाहिँ ढिलासुस्ती गर्नुको पछाडि हाम्रै निरीहता पनि हुनुपर्छ ।

त्यसमाथि हाम्रै सरकारी अन्तरनिकायहरूको समन्वय अभाव पनि यो परियोजनामा मात्रै किन देखिन्थेन, देखियो । रुख कटान अर्काे झन्झटिलो प्रक्रिया कहीँ नभएको नेपालमा जो छ । अहिले भने दाउन्नेको पूर्वपश्चिम दुवै खण्डमा भइरहेको कामको गतिले भने आशा जगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले गरेको ताकेताले पनि यहाँनेर काम गरेको देखिन्छ । 

ठेक्का सम्झौता तोड््नेसम्मको चेतावनी प्रधानमन्त्रीले दिनुपर्यो । त्यसो त राष्ट्रिय महत्त्वका परियोजनामा प्रधानमन्त्रीले नागरिक समाजबाट आवाज उठे पनि नउठने पनि ताकेता हुनुपर्ने हो । अरू परियोजनामा प्रधानमन्त्रीको यस्तो तदारुकता जरुरी छ । 

यो १ सय १३ किलोमिटर लामो सडक परियोजना स्तरोन्नति पूरा हुँदा नारायणगढ र बुटवलजस्ता ठूला बजार सजिलै जोडिनेमात्रै हुँदैन, यात्राको समय र खर्चमात्रै घट््दैन, सिंगो पश्चिम नेपाललाई नै यसले थप सुगम बनाउनेछ । बरु आउँदो २०८२ सालको असारसम्मको म्यादमा ठेकेदार कम्पनीले निर्माण पूरा गरिदिए हुन्थ्यो । भएन भने म्याद थप्न कर लाग्ला तर लापरबाही तथा ढिलाइ गर्ने र म्याद थप्ने प्रवृत्तिलाई प्रश्रय पुग्नु हुँदैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.