मकवानपुरको बकैयामा बस दुर्घटना,चालक फरार

मकवानपुरको बकैयामा बस दुर्घटना,चालक फरार
सांकेतिक तस्बिर।
सुन्नुहोस्

हेटौंडा : मकवानपुरको  बकैया गाउँपालिका -३ चिसापानी बजारस्थित धरान चतरा सडक खण्डमा सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको बस दुर्घटना भएको छ। दुर्घटनामा १४ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार  बा.प्र.०६-००१ ख ०२७०  नम्बरको  भिमफेदी गाउँपालिका कृषी तथा पशु शाखा भिमफेदी अगुवा कृषक भ्रमणको रिजर्भ बस घुम्तीमा  दुर्घटना भएको हो ।  

बुधबार राति करिब  साढे ९ बजेतिर बस दुर्घटनामा १४ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेहरूमध्ये ११ जना डिस्चार्ज भइसकेका छन् भने दुईजनालाई थप उपचारका लागि रिफर गरिएको छ। एकजनाको भने प्राथमिक स्वास्थ्य केन्द्र बकैया क्लिनिकमै उपचार भइरहेको छ। 

उपचारपछि सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन्। बसमा चालकसहित ३१ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.