'सम्बन्ध टुटेपछि प्रेमीको साथीबाटै यातना'

'सम्बन्ध टुटेपछि प्रेमीको साथीबाटै यातना'
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : सामाजिक सञ्जालमार्फत् युवतीको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारी रहेका छन्। उनलाई साइबर ब्यूरोले पक्राउ गरेको हो।

साइवर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिपक राज अवस्थीका अनुसार सामाजिक सञ्जालको प्रयोग गरी युवतीको चरित्र हत्या गरेको पाइएपछि अधिकारीलाई पक्राउ गरेको जानकारी दिए।

उनका अनुसार  पक्राउ परेका अधिकारीविरुद्ध काठमाडौं  जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन अन्तरगतको कसूरमा ४ दिनको म्याद थप लिएर अनुसन्धान भइरहेको छ।

प्रेम सम्बन्ध रहेका बेला आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो सम्बन्ध टुटेपछि प्रेमीको साथीले नै दुरुपयोग गरी हैरानी दिन थालेपछि  पीडित युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा अधिकारीले पैसा माग्ने,आपत्तिजनक शब्दहरू प्रयोग गरी शारीरिक सम्बन्ध राख्न बोलाउने र नआएमा उक्त भीडीयो सामाजिक सञ्जालमा राखी भाइरल गरिदिने धम्की दिएको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.