के दुर्गा प्रसाईं पक्राउ परेका हुन्?

के दुर्गा प्रसाईं पक्राउ परेका हुन्?
सुन्नुहोस्

काठमाडौं : राजावादीको नाममा तीनकुनेमा हिंसा भड्काउन मुख्य भूमिका खेलेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतीय प्रहरीसमक्ष आफूले आत्मसमर्पण गरेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गरेका हुन्।

प्रहरीको टोली प्रसाईंलाई खोज्न केही दिन अगाडि भारत गएको थियो। तर, प्रहरीले भने आफ्नो टोलीले प्रसाईंलाई पक्राउ नगरेको दाबी गरेको छ। प्रसाईं स्यवंयले नै सामाजिक सञ्जालमार्फत आफूले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको जनाएका छन्।

गत चैत १५ गते राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा हिंसा भड्काएको आरोप लागेपछि उनी फरार रहँदै आएका थिए। सुरक्षाको ग्यारेन्टी पाएपछि उनले ९:१३ बजे सामाजिक सञ्जालमा आत्मसमर्पण गरेको उल्लेख गरेका हुन्।

प्रहरीका एक उच्च अधिकारीले प्रसाईंलाई आफूहरूले पक्राउ नगरेको दाबी गरे। 'उनी  अहिलेसम्म हाम्रो सम्पर्कमा आएका छैनन्,' प्रहरी स्रोतले अन्नपूर्णसँग भन्यो। आसाम पुगेको नेपाल प्रहरीको टोलीले उनी लुकेर बसेको घर 'लोकेट' गरिसकेको थियो। आफू घेराबन्दीमा परेको थाहा पाएपछि उनी लगत्तै स्थानीय प्रहरीसमक्ष आत्मसमर्पण गर्न पुगेका थिए।

गत चैत १५ गते राजावादीको प्रदर्शनमा हिंसा भड्काएको आरोप उनीमाथि छ। त्यस दिन भड्किएको हिंसामा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो। त्यस्तै सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति र मिडिया हाउसहरूमा प्रदर्शनकारी तोडफोड र आगजनी गरेका थिए।

प्रसाईंले चलाएको गाडीले प्रहरीलाई मार्ने प्रयास गरिएको आरोप उनीमाथि छ। चैत १५ को प्रदर्शन हिंसामा परिणत भएपछि प्रसाईं फरार भएका थिए। यसबीचमा उनले दुई वटा भिडियो पनि सामाजिक सञ्जालमा हालेका थिए। उनले आफू कतै नभागेको र नेपालकै मन्दिरमा बसेको बताउँदै आएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.