यो सरकार ढल्न त के हल्लिन पनि सक्दैन : प्रधानमन्त्री ओली

यो सरकार ढल्न त के हल्लिन पनि सक्दैन : प्रधानमन्त्री ओली
सुन्नुहोस्

रुपन्देही : प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताएका छन्। नेकपा (एमाले) को रुपन्देही जिल्ला कमिटीले बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले विदेशी प्रतिक्रियावादीहरूले एमालेलाई विभाजन गर्न खोजेको आरोप लगाए। 

'एमालेलाई सिध्याउँछु, केपी ओली बिनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्। म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरू पार्टीमा आउनेछन्। यस देशको विकासको भाग्यरेखा हामी आफैं कोर्छौं। मान्छेको घरमा आगो लगाएर र पसलबाट चोरेर भाग्नेहरूले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन्,' उनले भने।

राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण संघर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको बताए। उनले विगतमा आफ्ना कुशासन र निरंकुशताको राज सम्झिएर प्रतिगामी तत्त्वहरूले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफबाह फैल्याउन खोजे पनि त्यसबाट कुर्न विचलित नभई समृद्धि र सुशासनको अहिलेको यात्रामा योगदान दिन सबैमा आग्रह गरे।

देशका ठूला दलहरू नेपाली कांग्रेस र एमालेले मुलुकलाई स्थायित्व दिन र देशलाई परिवर्तनका लागि सरकार बनाएकाले यो सरकार (गठबन्धन) आगामी निर्वाचनसम्म जाने उनले पुनः स्पष्ट पारेका थिए। 'यो सरकार ढल्न त के हल्लिन पनि सक्दैन,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.