पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन माग

पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन माग

काठमाडौं : सांसदहरूले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको छानबिनको दायरामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ल्याउनुपर्ने बताएका छन्। 

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनीहरूले तीनकुने घटनामा ज्ञानेन्द्र शाहको भूमिका देखिएकाले छानबिनको दायरामा ल्याउनपर्ने बताएका हुन्।

बैठकमा कांग्रेस सांसद जीवन परियारले चैत १५ गतेको घटनामा ज्ञानेन्द्र शाहको भूमिकाका बारेमा बहस भएकाले समितिमा बोलाउन सुझाव दिए। कुनै पनि व्यक्तिले अराजकता र अमानवीय काम गरे संविधानको नजरमा बराबर रहेकाले ज्ञानेन्द्र शाहका विषयमा छलफल हुनुपर्ने उनले बताए। उनले लोकतन्त्रमाथि धावा बोल्नेहरूविरुद्ध राज्य चुप लागेर बस्न नहुने बताए।

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता देखिएको जवाफदेहीको तहमा ल्याउनुपर्ने बताए। ज्ञानेन्द्र शाहको आह्वानपछि भएको प्रदर्शन हिंसात्मक भएकाले राज्यले गम्भीर भएर अनुसन्धान गर्नुपर्ने उनले बताए। 

बैठकमा राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले तीनकुने घटना राज्यपक्षले नियोजितरूपमा घटाएको आरोप लगाए। उक्त घटनाको निष्पक्ष न्यायिक छानबिन भए त्यसदिन भएको कमीकमजोरी बाहिर आउने उनले बताए। उनले उक्त घटनामा नेताहरूलाई झुटा मुद्दा लगाएर आस्थाका बन्दीका रूपमा नराखेर अपराधिक मुद्दा लगाउनु अत्यन्त आपत्तिजनक भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.