एमाले बिनाको नेपाल? नातिको पालामा पनि आश नगरे हुन्छ : प्रधानमन्त्री (भिडियो)
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउन खोज्नेहरू आफै सिद्धिएको बताएका छन्। शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा उनले सबै एकातिर हुँदा पनि एमाले एक्लै जोखिँदा पनि तराजुमा बराबर रहेको बताए।
'एमाले सिध्याउन खोजेका थिए। एमाले सिध्यो त?,' उनले प्रश्न गरे, 'सबै एकातिर र एमाले अर्कोतिर हुँदा पनि तराजु त बराबर छ।' राम्रो काम गरेकै कारण एमाले फुटाएर कचिंगल मच्चाइएको उनको आरोप छ।
उनले आफू बिनाको एमाले बनाउन खोज्नेहरूलाई पनि कडा जवाफ फर्काए। 'केपी ओली बिनाको एमाले? १०-१५ वर्ष कुर्नुस् न केपी ओली बिनाको एमाले भेटिहाल्नुहुन्छ नि। केपी ओली सधैं बाँच्ने होइन क्या रे। धैर्यताका साथ पर्खिनुस्,' उनले भने।
प्रधानमन्त्री ओलीले एमाले बिनाको नेपालचाहिँ सम्भव नभएको बताए। नातिको पालामा पनि एमाले बिनाको नेपाल नसोच्न उनको आग्रह थियो। 'केपी ओली बिनाको एमाले तत्काल चाहियो, एमाले बिनाको नेपाल अ रे? तिम्रा नातिको पालामा पनि आश नगरे हुन्छ एमाले बिनाको नेपाल। झन् बलिया पाखुरा लिएर आउँछ नेकपा एमाले,' उनले भने।
प्रतिक्रिया दिनुहोस !