दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बसे सजाय हुने

दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बसे सजाय हुने
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले एलियन दर्ता ऐन अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई जेल सजाय हुने छ। 

संयुक्त राज्य अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकहरूले संघीय सरकारमा दर्ता गर्नुपर्ने ह्वाइटहाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लाभेटले जानकारी दिइन्।

उनले यसो नगरे  जरिवाना, जेल वा दुवै सजाय हुने बताएकी छन्।

क्यारोलिनले भनिन्, 'राष्ट्रपति ट्रम्प र गृह सुरक्षा सचिव क्रिस्टी नोएम दुवैले भनेझैं यदि तपाईंले दर्ता गर्नुभएन भने तपाईंलाई पक्राउ गरिनेछ, जरिवाना गरिनेछ, देश निकाला गरिनेछ र कहिल्यै हाम्रो देश फर्कन सक्नुहुनेछैन।'

यसैबीच अमेरिकी गृह सुरक्षा विभागले अप्रिल ११ मा जारी गरेको प्रेस विज्ञप्तिमा विदेशी नागरिकहरूलाई पनि यस ऐन अन्तर्गत दर्ता गर्न भनिएको थियो।

होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले अमेरिकामा गैरकानूनी रूपमा प्रवेश गर्नेलाई अमेरिका छाड्न आग्रह गरिन्।

प्रेस विज्ञप्तिमा अप्रिल ११, २०२५ सम्म ३० दिन वा सोभन्दा बढी समयदेखि दर्ताको प्रमाण बिना अमेरिकामा उपस्थित रहेका विदेशी नागरिकहरूलाई अप्रिल ११ सम्म तुरुन्तै दर्ता गर्न भनिएको थियो।

साथै दर्ता प्रमाण बिना अप्रिल ११, २०२५ मा वा त्यसपछि अमेरिका आउने विदेशी नागरिकहरूलाई उनीहरूको आगमनको ३० दिन भित्र दर्ता गर्न भनिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.