हुम्लामा स्काइभेटर दुर्घटना, २ जनाको मृत्यु
हुम्ला : हुम्लाको चंखेली गाउँपालिकामा स्काइभेटर दुर्घटना हुँदा २ जनाको मृतयु भएको छ। गएराति २-०३-००१ क ०९७५ नम्बरको स्काईभेटर लोतिमा पल्टिँदा चंखेली गाउँपालिका-२ का ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको हो।
स्काईभेटर चालक भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। स्काईभेटर सडकभन्दा १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले बताए। स्काईभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको डिएसपी पोखरेलको भनाई छ।
स्काईभेटर मुगु छायाँनाथ नगरपालिका-१४ का नन्दलाल बडुवालको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !