सरकारमा जान माओवादीलाई हतारो छैन

तीनकुने घटनाले राजावादीको वास्तविक चरित्र देखायो : प्रचण्ड

तीनकुने घटनाले राजावादीको वास्तविक चरित्र देखायो : प्रचण्ड
सुन्नुहोस्

भैरहवा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गत चैत १५ गते तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रर्दशनले राजावादी कस्ता रहेछन् भन्ने विषयमा नागरिकले बुझ्ने मौका पाएको बताए ।

मधेश जागरण अभियानअन्तर्गत प्रेस सेन्टर नेपाल रुपन्देहीद्वारा भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले राजावादीले फेरि बितण्डा मच्चाउन सक्ने भन्दै लोकतन्त्र पक्षधर सतर्क रहनुपर्नेमा जोड दिए।

‘राजावादीको बेलुनको हावा चैत १५ गते नै खुस्कियो । अब फेरी त्यही रुपमा आउने सम्भव छैन । पूर्वराजा ज्ञानेन्द्रले जनकमाण्डर घोषणा गरेको एउटा हावालाई गिरफ्तार गरिएको छ’,'उनले भने,‘त्यसकारण अब फेरि राजावादी बुखार (ज्वरो) आउँछ जस्तो हामीलाई लाग्दैन । यद्यपी उनीहरूले यस्ता बितण्डा मच्चाइराख्ने हर्कत गरिराख्न सक्छन् । त्यसमा हामी सबै लोकतन्त्रका पक्षधर सतर्क हुनुपर्छ।'

 
प्रचण्डले वर्तमान सरकारप्रति कटाक्ष गर्दै रातिको अध्याँरोमा बनेको सरकार दुई तिहाइको नभइ षड्यन्त्र र अपदर्शी भएको टिप्पणी गरे ।
 
‘मलाई राति सब ठिकठाक छ भन्न लगाउने सम्मको काम गरेर असाध्यै अपारदर्शी र षड्यन्त्रपूर्वक ढंगले बनेको सरकार हो । दिनको उज्यालोमा पनि बनेको घोषणा गर्न सकेन र रातको अध्याँरोमा यो सरकारले बनाउनुपर्ने स्थिति आयो’,'उनले भने,‘त्यसकारण यसको जन्मनै अप्राकृतिक ढंगले भएको हुनाले यो सरकारप्रति जनतामा आशा भरोसा केही पनि थिएन । भ्रष्टाचार,दलाल,विचौलियाहरूको पहलमा बनेको सरकार हो ।’

उनले आफूले अन्तिम पटक विश्वासको मत लिने बेलामा नै संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको नेताको नेतृत्वमा सरकार बन्नुपर्ने भनेपनि त्यो नभएको बताए । उनले नेपाली कांग्रेस र नेकपा एमालेभित्र व्यापक असन्तुष्टि रहेको दावी गरे। 'सरकारमा रहेको कांग्रेसभित्र असन्तुष्टि छ। एमालेभित्र पनि भुसको आगोजस्तो उकुसमुकुसको स्थिति छ। त्यहाँ धूवाँ बुत्ताइराखेकै छ,' उनले भने, त्यसकारण यो सरकार जति दिन बस्छ,नेपाल र नेपालीका निम्ति दुर्भाग्य नै आउने हो ।'

आन्दोलित शिक्षकहरूको माग सम्बोधन गर्नुपर्नेमा सरकारले अपमानित गरिरहेको उनको भनाइ छ । देशमा शिक्षक,चिकित्क,लघुवित्त,सहकारी पीडितलगायत सडकमा रहेको अवस्थालाई राजनीतिक विश्लेषण र कांग्रेस, एमालेका नेतासँगको संवादको आधारमा नयाँ वर्षसँगै सरकार जाने आफूले भनेको दावी गरे।

उनले सरकार नयाँ वर्षसँगै जाने भनेको विषयलाई सरकार नभएकाले कुण्ठा पोखेको एमाले वृत्तबाट टिप्पणी गर्ने कोशिस भएको भन्दै आफूहरूमा कुनै कुण्ठा नभएको  र सरकारमा आउन कुनै रुची पनि नभएको दावी गरे ।
 
‘हामीलाई सरकार ढाल्न हतारो गर्नुपर्ने कुनै कारण छैन । यो सरकार चलिराख्नु भनेको नेपाल र नेपालीको निम्ति त दुर्भाग्य हो,'उनले भने,‘तर, माओवादी केन्द्रलाई यो सरकार ढालेर आफू सरकारमा जान पनि कुनै रुची पनि छैन । हाम्रो कुनै खालको हतारो पनि छैन । त्यस अर्थमा यो सरकार चलिराखोस्,जनताले दुःख पाइराखून् भन्ने पनि हाम्रो मनसाय छैन ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.