रकमान्तरको रकमी खेल

रकमान्तरको रकमी खेल
सुन्नुहोस्

एउटा शीर्षकमा छुट्ट्याएको बजेट अर्काेतिर खर्च गर्न लैजानु अर्थशास्त्र र बजेटको भाषामा रकमान्तर हो । गएको फागुनसम्ममा सरकारले ७ अर्ब ७७ करोड रुपैयाँ रकमान्तर गरेको छ । यो यसपालिमात्रै भएको होइन । हरेक वर्ष सरकारहरू रकमान्तर गरिरहन्छ । आलोचना भइरहन्छ । सरकारहरू सुन्दैनन् । यस्तो किन हुन्छ । जहाँ र जुन कामका लागि बजेट विनियोजन गरिन्छ, त्यहाँ खर्च हुँदैन, अनि पैसा अन्त लगिन्छ । खर्च किन हुँदैन ? 

किनभने सस्तो लोकप्रियताको लागि वा हचुवाको भरमा पहिला बजेट बनाइन्छ र फलानाफलानो कामका लागि बजेट विनियोजन भएको छ भनिन्छ । अनि आवश्यकै नभएको वा हुनै नसक्ने कामको शीर्षक बजेट खर्च हुँदैन । यो भनेको बजेट निर्माणमा हुने हचुवापनमात्रै होइन, पछि आफूलाई मन लागेको ठाउँतिर बजेट लगेर मास्ने तरिका पनि हो । गैरबजेटरी खर्च गर्नु भनेको अपरादर्शिता र गैरजवाफदेहिता पनि हो । 

यो आर्थिक वर्षका लागि ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँको पुँजीगत बजेट सरकारले बनाएको थियो । तर वैशाख २ गतेसम्म जम्मा २९.३३ प्रतिशतमात्रै खर्च गर्न सकेको छ । अनि, खर्च गर्न नसकेको रकम ‘रकमान्तर’मार्फत मनलाग्दी तरिकाले खर्च गर्ने प्रवृत्ति छ । राज्यकोषलाई ओहोदामा बसेकाहरू कसरी दुरुपयोग गर्छन्् भन्ने उदाहरण रकमान्तर हो । रकमान्तर गरेको रकम खास गरी सरकारमा बसेकाहरूले कार्यकर्तामुखी शीर्षकमा राखेर मनलाग्दी वितरण गर्दै आएका छन्् । पुँजीगत खर्च गर्न नसक्नु भएको विकास निर्माणका काम गर्न नसक्नु हो । त्यसलाई सुधार गर्नभन्दा कार्यकर्ता खुसी पार्नतिरमात्रै सरकारमा बसेकाहरूको ध्यान गइरहेको छ । रकमान्तरको चक्रव्यूहले समग्र अर्थतन्त्रलाई कमजोर पारेको छ । 

रकमान्तरले आर्थिक अनुशासनहीनता दर्शाउँछ । योजना निर्माणमा कुनै दृष्टि नभएको देखाउँछ । बजेट प्रणाली ध्वस्त रहेको पनि प्रमाणित गर्छ । नीति, सिद्धान्त र प्रणालीविपरीत हुने खर्चले कहिल्यै नतिजा दिँदैन । खास योजना किन चाहिन्छ र त्यसको प्रतिफल के हुन्छ भन्ने नहेरी गरिने खर्चकै कारण मुलुक पछौटेपनको सिकार भएको हो । एक त राजस्व आम्दानी कमजोर छ र त्यसमाथि विकास बजेटको चुहावट रकमान्तरमार्फत गरिन्छ भने समृद्धि आकाशको फल हुनुको विकल्प रहन्न । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.