सामूहिक जमरास्थलमा दशैंघर निर्माण सुरु

सामूहिक जमरास्थलमा दशैंघर निर्माण सुरु
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको धार्मिक तथा ऐतिहासिक बेलकोटगढीमा जमराघरको निर्माण सुरु भएको छ । बेलकोटगढी नगरपालिका– १० वेलकोट टाकुरोमा रहेको निरन्जना भगवती मन्दिर नजिकै नयाँ जमराघर निर्माण कार्य औपचारिक रुपमा सुरु भएको हो । 

बेलकोटगढीमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जमराघरको शिलान्यास गरेका हुन् । यससँगै जमराघरको निर्माण कार्य सुरु भएको हो । कार्यक्रममा मुख्यमन्त्री लामाले नेपालको संस्कृति, परम्परा, ऋतिरिवाज पहिचान भएका कारण यसको संरक्षण र सम्वद्र्धन आवश्यक रहेको बताए । 

उनले बागमती प्रदेश सरकारको तर्फबाट चालु आर्थिक वर्षमै २० लाख रुपैयाँको बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । जमरा घर निर्माण र बेलकोटगढीलाई थप पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न थप सहयोगका लागि विभिन्न निकायसँग समन्वय गर्नेसमेत बताए  । 

जमराघर निर्माणका लागि संघीय सरकारबाट ९ लाख रुपैयाँ सशर्त अनुदान उपलब्ध भएको छ । ६७ लाख रुपैयाँको लागतमा दशैंघर निर्माणको काम अघि बढेको बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर तामाङले बताए ।

बेलकोटगढीको निरन्जना (हाल बेलकोटगढी–१०) मा पृथ्वीनारायण शाहले जयनत रानाामाथि विजय प्राप्त गरेदेखि नै वडादशैँका बेला सामूहिक रूपमा जमरा राख्ने परम्परा चलिआएको छ । जमराघरका लागि नेपाली सेनाले १० लाख रुपैयाँ सहयोग गर्ने जनाइएको छ ।

अहिले पनि तीनसय बढी घरधुरीले सामूहिक रुपमा जमरा राख्ने चलन कायम रहेको छ । यसका साथै संघ, प्रदेश र बेलकोटगढी नगरपालिकाको तीन वर्षको आर्थिक सहयोगमा झण्डै एक करोड रुपैयाँको लगानीमा निर्माण भएको नवनिर्मित निरञ्जना भगवती मन्दिरमा औपचारिक रुपमा पुजाआजा सुरु गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.