बोक्चे गौडा २० दिनको अन्तरालमा खुल्ने
हुम्ला : कर्णाली करिडोरअन्तर्गत पर्न बोक्चे गौडा, भिई गौडा, याङचु खण्ड २०/२० दिनको अन्तरालमा खुल्ने भएको छ।
कर्णाली करिडोर सडक निर्माण दल नेपाली सेनाले बोक्चे गौडा, भिई गौडा, याङचु खण्डको करिब ८ सय मिटर सडक निर्माण गर्न थालेको छ।
गत चैत ४ गते हुम्लाको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको अध्यक्षता बसेको बैठकले चैत २५ गतेबाट निर्माण काम अघि बढाउने निर्णय गरेको हो।
जिल्ला स्थित राजनीतिक दल, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, उद्योग वाणिज्य संघ, होटल व्यवसायी, निर्माण व्यवसायी लगायत बसेर निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए।
जिल्लामा खाद्यान्न ,विकास निर्माणका सामाग्री ,देखि अत्यावश्यक सामान ढुवानीमा अवरुद्ध नहुने गरि २०/ २० दिनको अन्तरालमा सडक खुल्ने प्रमुख जिल्ला अधिकारीले बताए।
प्रतिक्रिया दिनुहोस !