ब्राउन सुगरसहित २ जना पक्राउ

ब्राउन सुगरसहित २ जना पक्राउ
सुन्नुहोस्

कपिलवस्तु :  लागुऔषध‌ ब्राउन सुगरसहित वाणगंगा नगरपालिका-४ दरखास्तबाट भारतीय नागरिकसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका-७ बस्ने ३० वर्षीय विशाल गुप्ता र भारतको उत्तर प्रदेश बहराईचका ३२ वर्षीय अमित पोरवाल रहेका छन्। 

इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले दरखास्तस्थित सार्वजनिक प्रतीक्षालयबाट पक्राउ गरेको हो। प्रतीक्षालयको छेउमा भे १२ प १७८७ नं. को मोटरसाइकल रोकेर प्रतीक्षालयमा बसिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीले बताए। 

जाँच गर्दा १०२ ग्राम ब्राउन सुगर फेला पारिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.