रुस र युक्रेनलाई ट्रम्पको धम्की : शान्तिको लागि तयार नभए अमेरिका सम्झौताबाट बाहिरिन्छ

रुस र युक्रेनलाई ट्रम्पको धम्की : शान्तिको लागि तयार नभए अमेरिका सम्झौताबाट बाहिरिन्छ
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकाले चाँडै नै रुस-युक्रेन शान्ति सम्झौताबाट आफूलाई बाहिर निकाल्न सक्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन शान्ति सम्झौताबाट बाहिरिने धम्की दिएका छन्।

उनले भने, 'यदि रूस वा युक्रेनमध्ये एक पक्ष सम्झौताको लागि तयार भएनन् भने यो मूर्खतापूर्ण कदम हुनेछ र हामी शान्ति सम्झौताबाट बाहिर निस्कनेछौं।'

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आगामी दिनमा यदि रुस र युक्रेनले युद्ध अन्त्य गर्न कुनै ठोस कदम चालेनन् भने अमेरिकाले शान्ति प्रयास त्याग्ने बताएका थिए।

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको ९० दिन बढी भएको छ। यस अवधिमा युक्रेन युद्ध समाधान गर्ने बारेमा अमेरिका र रुसबीच धेरै छलफलहरू भएका छन्। तर ट्रम्प प्रशासनले शान्ति स्थापनामा सफलता हासिल गरेको छैन।

शुक्रबार पेरिस भ्रमणबाट फर्कने क्रममा रुबियोले भने, 'यदि युक्रेन युद्ध अन्त्य गर्न सम्भव छैन भने अमेरिकाले आगामी केही दिनमा आफ्नो प्रयास त्यागेर अगाडि बढ्नुपर्छ।'

अमेरिकाद्वारा युद्ध रोक्न शान्ति योजना प्रस्तुत 

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विटकफले बिहीबार पेरिसमा युरोपेली र युक्रेनी नेताहरूसँग भेट गरेका थिए। उक्त बैठक ट्रम्प प्रशासनको युद्ध अन्त्य गर्ने प्रयासको एक भागको रूपमा आयोजना गरिएको थियो।

यस बैठकमा अमेरिकाले शान्तिको योजना प्रस्तुत गरेको थियो। अमेरिकी विदेश विभागका अनुसार यो योजनालाई सबै पक्षले प्रशंसा गरेका छन्। यद्यपि यस योजनामा ​​के समावेश छ भन्ने कुरा अहिलेसम्म सार्वजनिक भने गरिएको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.