११६ केजी गाजासहित कार बरामद, चालक फरार
धरान : प्रहरीले सुनसरीबाट ११६ केजी गाजासहित एउटा कार बरामद गरेको छ । शुक्रबार राति इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको बा७च ९२६३ नम्बरको कारलाई चेकजाँच गर्दा गाजा र कार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताए ।
उक्त कारले गाजा बोकेर विराटनगरतर्फ जाँदै गरेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक रजिप रणपहेलीको टोलीले चेकजाँच गर्दा गाजा र कार बरामद गरिएको जनाइएको छ । कार चालक भने फरार भएको डिएसपी खतिवडाले बताए ।
प्रतिक्रिया दिनुहोस !