अमेरिकाको ५० वटै राज्यमा ट्रम्पविरुद्ध प्रदर्शन

अमेरिकाको ५० वटै राज्यमा ट्रम्पविरुद्ध प्रदर्शन
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लिएका निर्णयहरूको विरोधमा शनिबार हजारौं मानिसहरू सडकमा उत्रिएका थिए।

यो आन्दोलनलाई '५०५०१' नाम दिइएको थियो। यसको अर्थ '५० प्रदर्शन', '५० राज्य', '१' आन्दोलन भएको जनाइएको छ। अमेरिकामा जम्मा ५० राज्यहरू छन् र प्रदर्शन अमेरिकाको ५० राज्यहरूमा भएका थिए। 

प्रदर्शनकारीहरूले किल्मर अब्रेगो गार्सियालाई एल साल्भाडोरमा गलत निर्वासन गरिएकोलगायत अन्य विभिन्न कुराको विरोध गरेका थिए।

प्रदर्शनकारीले अमेरिकामा राजा चाहिंदैन, अमेरिकामा कानूनी राज चल्छ, ट्रम्पलाई एल साल्भाडोर डिपोर्ट गरियोस् जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका  थिए।

ट्रम्प प्रशासन भने किल्मर अब्रेगो गार्सियालाई अमेरिका फिर्ता गर्ने पक्षमा नरहेको जनाइएको छ।

यसबाहेक प्रदर्शनकारीहरूले सरकारी जागिर कटौती गर्ने र अन्य खर्च घटाउने सरकारी दक्षता विभागको निर्णयको पनि विरोध गरेका थिए।  

प्रदर्शनकारीहरूले राष्ट्रपति निवास ह्वाइट हाउसलाई घेरेका थिए। उनीहरूले ट्रम्पलाई सभ्यता र कानूनको शासनलाई कुल्चेको आरोप लगाएका छन्।  

ह्वाइट हाउस बाहेक प्रदर्शनकारीले टेस्ला शोरूमहरू पनि घेरेका थिए। यो ट्रम्प विरुद्धको दोस्रो चरणको विरोध प्रदर्शन हो। यसअघि अप्रिल ५ मा देशभर ट्रम्पविरुद्ध प्रदर्शन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.