यथास्थितीवादकै कारण प्रतिगमनकारीहरूले टाउको उठाइरहेका छन् : नारायणकाजी श्रेष्ठ

यथास्थितीवादकै कारण प्रतिगमनकारीहरूले टाउको उठाइरहेका छन् : नारायणकाजी श्रेष्ठ
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई बल पुराउने यथास्थितीवादलाई परास्त गर्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र अबको कार्यभार विषयक विचार गोष्ठीमा बोल्दै श्रेष्ठले यथास्थितीवादकै कारण प्रतिगमनकारीहरूले टाउको उठाइरहेको भन्दै त्यसलाई परास्त गर्नुपर्ने बताएका हुन्।

यथास्थितीवाद सत्ता लोलुपता,भ्रष्टाचार र निरंकुशताको मुख्य पक्ष बनेको उनको भनाइ छ। श्रेष्ठले सरकार यथास्थितीवादको मुख्य बाहकको रुपमा रहेकाले त्यसकाविरुद्ध पनि संघर्ष गरेर मात्रै प्रतिगमनविरुद्धको लडाईंलाई सफल पार्न सकिने तर्क गरे।

त्यस्तै उनले कम्युनिष्ट पार्टीहरूसँग एकता र ध्रुविकरण प्रक्रिया अघि बढाउँदै वामपन्थी पार्टीहरूको वामपन्थीकरणका लागि प्रयत्न गर्नुपर्ने बताए। उनले संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे ।

सडक,सदन र सरकारको मोर्चालाई संयोजन गरि शान्तिपूर्णबाटोबाट समाजवादउन्मुख समृद्धिलाई मूल कार्यदिशा बनाउनुपर्ने उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.