प्रधानमन्त्री ओली र युएईका विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यानबीच भेटवार्ता भएको छ।
सिंहदरबारमा बुधबार भएको भेटमा दुई देशबीचको आपसी मित्रवत् सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। उपप्रधानमन्त्री नाह्यानले युएईका व्यावसायीलाई नेपालको पर्यटन, ऊर्जा, कृषि आदि क्षेत्रमा व्यापार र लगानी विस्तारका लागि प्रोत्साहन गर्ने बताए।
नेपालको दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका उनले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता गर्न आफूहरू तत्पर रहेको अवगत गराए। प्रधानमन्त्री ओलीले विकासको मार्गमा युएईले गरेको तीव्र प्रगतिको प्रशंसा गर्दै नेपालमा जलविद्युत्, हरित ऊर्जा, हाइड्रो इनर्जी आदि क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गरेका थिए।
प्रतिक्रिया दिनुहोस !