इन्टरनेटको तार विस्तार गर्दा करेन्ट लागेर एकको मृत्यु, १ जना घाइते

इन्टरनेटको तार विस्तार गर्दा करेन्ट लागेर एकको मृत्यु, १ जना घाइते
सुन्नुहोस्

विराटनगर : मोरङको सुन्दरहरैँचामा करेन्ट लागेर बुधबार अपरान्ह १ जनाको मृत्यु भएको छ । अर्का १ जना गम्भीर घाइते भएका छन्। सुन्दरहरैँचा नगरपालिका-९ विराटचोकस्थित चाँदनी पेट्रोल पम्पनजिक इन्टरनेटको तार विस्तार गर्ने क्रममा अपरान्ह ४ बजेतिर घटना मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। 

उनका अनुसार बिजुलीको पोलमा चढेर टेकमाइन इन्टरनेटको तार विस्तार गर्ने क्रममा २ जनालाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

करेन्ट लागेर गम्भीर घाइते भएकामध्ये इलामको चुलाचुली गाउँपालिका-३ का अन्दाजी २८ वर्षीय राजेश लावतीको मृत्यु भएको जोशीले जनाए। उनका अनुसार करेन्ट लागेर बिजुलीको पोलबाट खसेर घाइते भएका लावतीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइपुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्। 

त्यस्तै, करेन्ट लागेर सुनसरीको इटहरी उपमहानगरपालिका-१७ का अन्दाजी ४३ वर्षीय बालकुमार अधिकारी गम्भीर घाइते भएका छन्। नाक र मुखबाट रगत बगिरहेका उनलाई नोबेलबाट रेफर गरेर थप उपचारका लागि आर्या अस्पतालमा लगिएको डीएसपी जोशीले बताए। 

इन्टरनेटको तार विस्तार गर्ने क्रममा बिजुलीको पोलमा चढेका बेला करेन्ट लागेर घटना भएको उनको भनाइ छ। मृतक र घाइते दुवै जना टेकमाइन इन्टरनेटका कर्मचारी रहेको प्रहरीको भनाइ छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.