५ जना फरार प्रतिवादी पक्राउ
महोत्तरी : महोत्तरी प्रहरीले विभिन्न मुद्दामा लामो समयदेखि फरार रहँदै आएको ५ अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्नेमा जिल्ला अदालत महोत्तरीबाट ३४ रुपैयाँ जरिवानादेखि ६ सय रुपैयाँ जरिवाना तिर्नेसम्म रहेका छन्।
उनीहरु सबै मटिहानी नगरपालिका ९ वडाका रहेका छन्। ६५ वर्षीय शिवचन्द्र पाण्डेलाई अदालतले जालसाजी मुद्दामा ३४ रुपैयाँ जरिवाना तोकिएको थियो। त्यस्तै ७० वर्षीय मुसलिम धुनियालाई कुटपिट मुद्दामा ६ सय रुपैयाँ, ६८ वर्षीय मो.मनिफ राईनलाई कुटपिट मुद्दामा १५६ रुपैयाँ, ७० वर्षीय मो.मजलुम राईनलाई कुटपिट मुद्दामा १५६ रुपैयाँ, ५५ वर्षीय नईम कवारीलाई कुटपिट मुद्दामा ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो।
अदालतको फैसला सुनाए लगतै उनीहरू फरार रहँदै आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी उनीहरूलाई कानुनी कारबाहीका लागि महोत्तरी जिल्ला अदालतमा दाखिला गरिएको प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जयसवारले बताए।
प्रतिक्रिया दिनुहोस !