बाध्यताले कांग्रेस सरकारमा छ, पर्‍यो भने बाहिरिन्छौं : गगन थापा


काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले बाध्यताका कारण कांग्रेस सरकारमा रहेको भन्दै आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्ने बताएका हुन्।

कांग्रेसका लागि सरकार नै सबैभन्दा ठूलो कुरा नभएको उनको भनाइ छ। थापाले कांग्रेसले समस्याको कुरा गरेरमात्रै नहुने उल्लेख गर्दै समाधान पनि दिन सक्नुपर्ने बताए। 

उनले पूर्व राष्ट्रपति फर्केर दलमा आउने कुराहरू चलिरहँदा कांग्रेसले भने पूर्वराष्ट्रपतिलाई दलमा फर्काउन नहुने बताए। पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलगायतका पदमा पुगेकाहरूले संस्थाको गरिमा राख्नुपर्ने उनले बताए। थापाले गणतन्त्रका विषयमा भाग्ने वा उत्तेजित हुनुपर्ने अवस्था नरहेको भन्दै जनतालाई सम्झाउन सक्नुपर्ने बताए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.