लू लाग्न सक्छ है, जोगिऔं
वैशाख महिना लागेसँगै गर्मी बढेको छ। तापक्रम वृद्धि भएसँगै विशेषगरी तराई मधेस क्षेत्रमा तातो हावा (लू) वहन सुरु हुन्छ। तातो हावा (लू) का असरहरू शरीरमा देखिन सक्छन्। तातो हावा वहेको अवस्थालाई लू लाग्नु भनिन्छ। लूले स्वास्थ्यमा असर पार्न सक्छ। सचेत रही सुरक्षात्मक उपायहरू अपनाउनुपर्ने हुन्छ।
लू लाग्दाका असर
– मुटुको चाल तीव्र हुने
– रक्तचाप कम हुने
– शरीरबाट पसिना ननिस्कने
– टाउको दुख्ने
– चक्कर लाग्ने
– हनहनी ज्वरो आउने
जोगिने उपाय
– दिउँसो घरबाट ननिस्कने
– बाहिर निस्कनै परे छाता ओढ्ने
– बाहिर निस्किँदा पातलो कपडाले टाउको छोप्ने
– शीतल हुने कपडा लगाउने
– चिसोपानीले नुहाउने
– कागतीपानी, नरिबलपानी पिउने
– फलफूलको रस पिउने
प्रतिक्रिया दिनुहोस !