साविक विजेता एपिएफ फाइनलमा
काठमाडौं : आठौँ शेर बहादुर स्मृति महिला भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा न्युडाइन्मण्ड भलिबल क्लबलाई हराउँदै साविक विजेता एपिएफ क्लब फाइनल प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित, दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा एपिएफले न्यु डाइमन्डविरुद्ध ३-१ को जित दर्ता गर्दै फाइनल पुगेको हो।
एपिएफले न्यु डाइमन्डलाई २५–१६, २५–२२, २३-२५ र २५-२३ ले हरायो।
पहिलो र दोस्रो सेट जितेको एपिएफले तेस्रो सेट गुमाउँदा खेल चौथो सेटमा लम्बिएको हो । चौथो सेटमा पुन पुनरागमन गर्दै जित निकालेको हो ।
एपिएफ यो प्रतियोगिताको ६ पटकको उपाधि विजेता हो। न्युडाइमन्डले भने छैटौँ संस्करणको उपाधि जितेको थियो।
आज दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ।
प्रतिक्रिया दिनुहोस !