मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु
नुवाकोट : नुवाकोटको बट्टारमा शनिबारदेखि राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु भएको छ। जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा शनिबारदेखि बागमती प्रदेश मुख्यमन्त्री कप २०८२ राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा बट्टारमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे। उनले यस प्रतियोगिताले महिला खेलाडीहरूको क्षमता विकासका साथै खेल क्षेत्रको प्रतियोगिताको उद्घाटन खेलमा संकटा फुटबल क्लबले विभागीय टिम नेपाल आर्मी क्लबलाई पराजित गरेको छ।
संकटाले १-३ गोलले जित हासिल गरेको हो। संकटालाई विजयी गराउन पूर्णिमा राईले दुई र जेनिफर रानामगरले एक गोल गरिन्। पराजित नेपाली सेनाकी लिला चन्दले सान्त्वना गोल गरिन्। चन्दले खेलको १२ औं मिनेटमा गोल गरेर आफ्नो क्लबलाई अगाडि बढाएकी थिइन्।
त्यसको दुई मिनेटमै संकटाकी पुर्णिमा राइले गोल गरेर बराबरीमा रोकिन्। प्रतिस्पर्धापूर्ण सो खेलको ८४ मिनेटमा संकटाकी जेनिफर रानामगर एक गोल थपेर आफ्नो क्लबलाई अगाडि बढाइन्। लगत्तै ८७ मिनेटमा पुर्णिमाले दोस्रो गोल थपेर आफ्नो क्लबलाई विजय यात्रामा सुनिश्चित गराइन्। उद्घाटन खेलको यस पराजयसँगै नेपाल आर्मी क्लब प्रतियोगिताबाट बाहिरिएको छ।
यही वैशाख २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी, गण्डकी प्रदेश, पद्म स्पोर्ट्स क्लब ओखलढुंगा, संकटा फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ, रिगल एन्फा मकवानपुरको सहभागिता छ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँ नगदका साथ शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !